भारी वर्षाका कारण मुग्लिन नजिकको पहिरो फाल्न समस्या

काठमाडौँ । जेठ २६,पृथ्वी राजमार्गको मुग्लिननजिक पहिरो खस्दा सवारी साधनहरू अलपत्र परेका छन् ।
बुधवार राति आएको अविरल वर्षाका कारण पहिरो खस्दा सवारी आवागमन ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टरले जानकारी दिए ।
राति साढे ११ बजे आसपासमा खसेको पहिरो ठूलो वर्षा भएपछि बिहीवार बिहान साढे ६ बजेपछि मात्रै पन्छाउन शुरू गरिएको थियो । अब पानी ठूलो नपरेमा एक घन्टाभित्रमा पहिरो पन्छाएर एकतर्फी सवारी साधन चलाउन सकिनेछ ।
पहिरो गएको यो ठाउँ मुग्लिन र मनकामना केबुलकारको बीचमा पर्दछ ।