सिसडोलमा थप फोहोर नखसाल्न सुझाव

काठमाडौँ । जेठ २६, धादिङको धुनिबेसीस्थित बञ्चरेडाँडामा बनेको नयाँ ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले दिएका छैनन् ।
१० वैशाख देखि फोहोर फाल्न बन्द गरिएको नुवाकोटको ककनी गाउँपालिकास्थत सिसडोल ल्यान्डफिल साइट भने जोखिमयुक्त अवस्थामा पुगिसकेको पाइएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको अध्ययन टोलीले सिसडोलको ल्यान्डफिल साइट क्षेत्रमा थप फोहोर फालिए थप संकट निम्त्याउने प्रारम्भिक निचोड निकालेको छ ।