पब्जी बन्द गर्न संसदमा आवाज उठ्यो

काठमाडौँ । जेठ २६, संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ ।
पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।
आज बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।
पब्जीले गर्दा कतिपय मानिसहरुको ज्यान समेत गएको छ । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् ।
पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।