एनआरएनए यूएईको नयाँ नेतृत्वमा ढुंगाना

काठमाडौँ । जेठ २६, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनएरएनसीसी यूएई नेतृत्वको जिम्मेवारी ठाकुरप्रसाद ढुंगानालाई दिइएको छ।
सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।
केही दिनअघि बर दुबई कार्लटनको होटलमा संघका मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठ गोर्खालीको अध्यक्षता सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय समिति निर्विरोध चयन गरेको हो। अध्यक्ष ढुंगाना व्यवसायी हुन्।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा चयन भएका छन्। यसैगरी उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नरेश सेन, मदन अधिकारी, जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, नोमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन्। यस्तै सोनम श्रेष्ठ महिला उपाध्यक्ष बनेकी छिन्।