आगामी बजेट नीति सुधारको मागसँगै आन्दोलनमा उत्रिए बिराटनगरका उद्योगी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले स्वदेशी उद्योगहरूलाई असर पर्ने भन्दै उद्योगी व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।

द्योगहरू बन्द हुने भन्दै बिराटनगरका उद्योगीहरू आन्दोलनमा उत्रिएका हुन्।

नीति अनुसार नेपालका स्यानिटरी प्याड, घिउ तेल र एमएस वायरका उद्योग बन्द हुने भन्दै मोरङका तीन व्यावसायिक संस्था आन्दोलनमा उत्रिएका हुन्।

बजेटमा प्रस्तुत गरिएको राजस्व संरचनाले नेपालका यी तीन क्षेत्रको उद्योग बन्द हुने उनीहरूको भनाइ छ। उनीहरूले नीतिगत सुधारको माग गर्दै आन्दोलन गरेका हुन्।

प्रकाशित : 9 June, 2022

प्रतिक्रिया दिनुहोस्