प्रदेश १ को नाममाथि छलफल गर्न एमालेले बनायो समिति

सहयात्रा टिभी

काठमाडौँ । जेठ २६, प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ ।

बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।

गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास मन्त्री हाल स्वास्थ्य मन्त्रीजयराम यादवको नेतृत्वमा समिति गठन गरेका थिए । समितिले फागुन १० गते सर्वदलीय छलफल गरेयता थप छलफल गरेको छैन ।

एमालेले गठन गरेको समितिले नामका विषयमा दलभित्र र अन्य दलसँग छलफल गर्नेछ ।

पाँच सदयीय समितिको सदस्यमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई छन् ।

प्रकाशित : 9 June, 2022

प्रतिक्रिया दिनुहोस्