आजको मौसम : चार प्रदेशमा पूर्ण बदली रही वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७. देशका चार प्रदेशमा आज सामान्यदेखि पूर्ण बदली रही वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी भू भागमा पनि पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा मा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

शुक्रवार प्रदेश १, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शनिवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्