लोरेन्टेको निर्णायक गोलमा स्विट्जरल्यान्डविरुद्ध स्पेन विजयी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २७, स्विट्जरल्यान्डलाई १.० ले हराउँदै स्पेनले युएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा स्पेनको जितमा पाप्लो सरवियाले निर्णायक गोल गरे । उनले १३ औं मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरेका थिए ।

बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा स्पेनले १.० को जित पायो ।

प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित स्विट्जरल्यान्डले तीन खेलबाट अंक जोड्न सकेको छैन । ऊ तालिकाको पुछारमा छ ।

प्रकाशित : 10 June, 2022

प्रतिक्रिया दिनुहोस्