गरिमा विकास बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
सहयात्रा टिभी
काठमाडौँ । जेठ २७, गरिमा विकास बैंक र सोल्टी होटलबीच आकर्षक छुटसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकलाई नेपालकै प्रतिष्ठित पाँचतारे होटल ‘सोल्टी होटल’ ले होटलमा उपलब्ध विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट दिने भएको छ ।
बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङमार्फत बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगञ्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउनेछन् ।