इम्बोस्ड प्लेटः किन भयो भ्रम छर्ने काम ?

सहयात्रा टिभी

इम्बोस्ड नम्बर भनेको के हो ? के यो नम्बरमात्र हो ? गाडीको नम्बर प्लेटमा त अक्षर पनि हुन्छ। इम्बोस्ड नम्बर भनेको रोमन लिपिमा लेखेको प्लेट हो ? देवनागरी लिपिमा लेख्यो भने इम्बोस्ड नम्बर प्लेट भन्न पाइन्छ कि पाइदैन ? नेपाली सवारी साधनमा इम्बोस्ड नम्बर लगाउने सरकारको निर्णयले फेरि पनि यस्ता भ्रम सिर्जना गरेको छ। विवाद जन्माएको छ।

पृष्ठभूमि

यातायात व्यवस्था विभागले ०७२ मङ्सिरमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न टेन्डर गरेकोमा चार विदेशी कम्पनीमध्ये अमेरिकाको डेकाटुर र बाङ्लादेशको टाइगरआइटी संयुक्त कम्पनीले ४ करोड ५ लाख अमेरिकी डलरमा टेन्डर भरेको थियो। टेन्डरमा देखाएको रकममा केही घटाउन लगाएर ३ करोड ८७ लाख ५० हजार अमेरिकी डलरमा ५ वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सम्झौता सम्पन्न गरेको थियो। नेपालमा ३७ लाख सवारी साधन दर्ता भएको कुरा सरकारी अभिलेखले देखाउँछ। तर कतिपय सवारी साधन यातायात व्यवस्था विभागको सम्पर्कभन्दा बाहिर छन्। बिग्रिएर वा दर्ता नवीकरण नगरेर त्यतिबेला २५ लाख चालु अवस्थामा रहेको अनुमान गरी २५ लाख प्लेट छपाइ गर्ने सरकारी योजना थियो। त्यतिबेला यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा राज्यलाई २ अर्ब फाइदा हुने बताएको थियो।

विभिन्न कारणले योजनाअनुरूप काम हुन सकेन। सर्बोच्च अदालतमा मुद्दा पर्यो। सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ मङ्सिर २७ गते मुद्दा खारेज गरिदियो। सुरुमा आफैले अन्तरिम आदेश दिएको मुद्दा सर्बोच्चले फैसलाबाटै टुङ्ग्याउनु पर्छ। अन्तरिम आदेश भएको मुद्दा पक्ष वा विपक्ष जसले जितेपनि फैसलाबाटै किनारा लाउनु पर्छ। वादी पक्षले बदनियतसाथ मुद्दा दर्ता गरेको ठहरे त्यस्तो मुद्दा खारेज हुन्छ तर वादीपक्षलाई कार्बाही गरी विगो सहितको सजाय किटान गर्नुपर्छ। मुद्दा खारेज भयो रिट निवेदकलाई कार्वाही भएन। मुद्दा खारेज भएका बेला प्रश्न उठाउँदा अदालतको मानहानी लाग्ने डरले होला यस विषयमा कोही अग्रसर भएर अगाडि आउन सकेन।

सरकारले अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेट सवारी साधनको भइरहेको नम्बर प्लेटलाई विस्थापित योजना हो। यो नयाँ प्लेट प्रयोगकर्ताले आफैले परिवर्तन गर्न सक्दैनन्। किनभने यसलाई सवारी साधनमा राख्दा एकातर्फी कीला (वान वे स्क्र्यु) प्रयोग गरिन्छ। स्मरण रहोस् यो एकातर्फी कीलाको विधि लागु गर्न इम्बोस्ड नम्बर प्लेट पर्खनु पर्दैन र इम्बोस्ड नम्बर प्लेट र एकातर्फी कीला (वान वे स्क्र्यु) को कुनै साइनो छैन।

नेपालमा इम्बोस्ड नम्बर परिकल्पना

यो इम्बोस्ड नम्बरको योजना आजको सोचाइ होइन। यो योजना ल्याउने परिकल्पना २०६४ सालमा बनेको हो। २०६४ देखि यता १५ वर्ष बितिसक्यो हल्ला मात्रै धेरै भयो काम हुन सकेको छैन। तात्कालीन सूचना प्रविधि उच्चस्तरीय आयोगले नेपाली डाटाको मूल सङ्केतन (रुटकोड) लाई नेपाली र अङ्रेजी भाषामा सङ्केतीत (कोडिङ) गर्ने योजना बनाएको थियो। विभिन्न सञ्चालन प्रणालीका (विन्डो, म्याक, लिनक्स आदि) कम्प्युटर र सबै मानव कम्प्युटर इन्टरफेसमा नेपालका भाषाको अनुहार वा नेपाली वर्ण र अङ्क र रोमन लिपिका वर्ण र अङ्क स्वतःपरिवर्तनीयता (e-GIF, इजिआइएफ) विधिको प्रयोग सुरु गरेको थियो। सूचना प्रविधि उच्चस्तरीय आयोगले यो काम गरिरहेका बखत नेपाल सरकारले तीन वर्षे योजना २००७-१० मा पहिलो पटक इम्बोस्ड नम्बर प्लेट ल्याउने प्रस्ताव गर्यो। यसै क्रममा सूचना प्रविधि आयोग बन्द गर्ने सर्तमा एसियाली विकास बैँकबाट २५ करोड डलर ऋण लिइयो। त्यो ऋण लिएको पैसाले नेपालका सबै सावारी साधनमा डिजिटल नम्बर प्लेट राख्ने र ड्राइभिङ लाइसेन्स डिजिटाइज गर्ने सर्त थियो। यो कुरा नेपालले एसियाली विकास बैँकसँग गरेको प्रस्तावको तेस्रो खण्डको पाँचौँ बुदामा उल्लेख गरेको थियो।

इम्बोस्ड नम्बर र भाषा / लिपि विवाद

अहिले नेपाल सरकार भन्छ इम्बोस्ड नम्बर प्लेटमा देवनागरीको सट्टा अङ्रेजी अक्षर र अङ्कमा लेखिन्छ। इम्बोस्ड नम्बर भनेको त उचालिएको आकारमा देखिने अङ्क वा अक्षर भनेको हो। इम्बोस्ड नम्बर प

प्रकाशित : 11 June, 2022

प्रतिक्रिया दिनुहोस्