सुन्तली धुर्मुस पूरै यतातिर सिफ्ट

काठमाडौँ । जेठ २९, कुनै समय नेपाली दर्शकले मान्छेबाट उठाएर ‘भगवान्’को तहमा उभ्याइदिएको धुर्मुस सुन्तली जोडी अहिले कहाँ र के गर्दै होला रु राज्य र महानगरको असहयोगका कारण बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बीचैमा छोडेर हिँड्न बाध्य यो जोडीको अवस्थावारे आम दर्शकलाई चासो हुनु स्वाभाविकै हो ।
यो जोडी अचेल सिंहदरबारतिर अधिकांश मन्त्री र सचिवका कार्यकक्षमा डकुमेन्ट्री बनाउने प्रस्तावसहित सक्रिय छ । यो जोडीले आफ्नी छोरी सुबिहानी फिल्मसको ब्यानरमा प्रत्येक मन्त्रालय र सरकारी निकायसँग डकुमेन्ट्रीको काम मागिरहेको छ ।
हरेक निकायबाट घटीमा ५ लाख मूल्यको प्रचार सामग्री निर्माण गर्दै युट्युबमा हाल्नमा जोडी केन्द्रित भएको पाइएको छ ।