दक्षिण अफ्रिकासँग भारत चार विकेटले पराजित

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले हराएको छ ।

आइतबार राति भएको खेलमा भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रनको योगदान गरे ।

भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो । भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दिनेश कार्तिकले अविजित ३० रन जोडे ।
दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

यस जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित : 13 June, 2022

प्रतिक्रिया दिनुहोस्