स्वीट्जरल्याण्डसँग पोर्चुगल पराजित

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, यूईएफए नेसन्स लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगल पराजित भएको छ ।

आइतबार राति भएको खेलमा पोर्चुगललाई स्वीट्जरल्याण्डले १-० गोल अन्तरले हराएको हो ।

स्वीट्जरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे ।

स्वीट्जरल्याण्डलाई जित दिलाउन हरिसले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । जुन गोल निर्णायक बन्यो ।

क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले पाएको मौकालाई सदुपयोग गर्न सकेन । जसको कारण स्वीट्जरल्याण्डसँग अंक गुमाएको छ ।

यस हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक जोडेको छ ।

पोर्चुगल समूहको दोस्रो स्थानमा छ ।

स्वीट्जरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा छ ।

प्रकाशित : 13 June, 2022

प्रतिक्रिया दिनुहोस्