प्रदेश सांसद दुलाल र वडाध्यक्ष ढकाल फोहोर व्यवस्थापनमा सक्रिय

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन सुचारु भएको छ ।

योसंगै अधिकांश वडाबाट फोहोर उठाउने क्रम प्रारम्भ भैसकेको छ । क्षेत्रफल तथा जनसंख्याको दृष्टिकोणले काठमाडौंका ठूला वडाहरु मध्येको एक वडा नम्बर ३१ मा पनि फोहोर व्यवस्थापनले गति लिएको छ ।

यसैबीच, पुरानो वानेश्वरदेखि शंखमुलसम्मको क्षेत्र ओगट्ने वडा नम्बर ३१ लाई सफा राख्ने अभियानमा बागमती प्रदेश सभाका सांसद गणेशप्रसाद दुलाल तथा नव निर्वाचित वडाध्यक्ष सरोज ढकालले अग्रता लिनु भएको छ ।

यो वडाका सडकहरुको सरसफाइ तथा फोहोर व्यवस्थापनमा अग्रसरता लिनु भएको हो ।

आईतबार वडा नम्बर ३१ मा थुप्रिएको फोहोरको डंगुरको व्यवस्थापनका लागि प्रदेश सांसद दुलाल, वडाध्यक्ष ढकाल, नेकपा एमालेका पार्टी संयोजक धन बहादुर अछामीसहितको टोलीले फोहोर व्यवस्थापनका लागि पहल लिएको हो ।

फोहोर व्यवस्थापनका लागि उहाँहरुले वडावासीहरु समक्ष जथाभाबी नथुक्न, चुरोटका ठुटा नफाल्न र प्रत्येक व्यापारीलाई पसल अगाडि डस्बिन राख्नसमेत आग्रह गरिरहनु भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेसंगै सबै वडामा फोहोर व्यवस्थापनले गति लिएको हो ।

प्रकाशित : 13 June, 2022

प्रतिक्रिया दिनुहोस्