हुम्लामा आँखा शिविर सञ्चालन, ६३ जनाको आँखा शल्यक्रिया
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३०, हुम्लाको उत्तरी नाँम्खा गाउँपालिकाको केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा ६३ जना आँखाका बिरामीहरूको मोतिबिन्दुको सफल रूपमा शल्यक्रिया गरिएको छ।

शिविरका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले ७५ जना छनौट गरेको भएपनि ती मध्य ६३ जनाको शल्यक्रिया गरिएको हो।
गाउँपालिकाका सूचना अधिकारी मोहनबहादुर शाहीले गउाँपालिका केन्द्र भएपनि दुर्गमको गाउँ याल्वाङमा पहिलो पटक सञ्चालन भएको आँखा शिविरबाट वर्षौँदेखि आँखाको रोगबाट ग्रसित बिरामीको उपचार सफल भएको बताए।
उनले शिविर सञ्चालन अवधिभर ६३ जना महिला पुरुषको मोतिबिन्दुको शल्यक्रिया भएको बताए। दुई दिन सञ्चालन भएको शिविरमा कुल २६० जना आँखाका बिरामीले चेकजाँच गरेका थिए।


