गायिका कँडेलको ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला लोकगीत सार्वजानीक

काठमाडौँ । जेठ ३०,गायिका ऋतु कँडेलले ‘आफ्नै युट्युव च्यानल ऋतु कँडेलमार्फत् सार्वजनिक गरिएको ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला लोक गीत म्युजिक भिडियोमा गायिका कँडेलसँगै गायक शिरिष देवकोटाको स्वर सजिएको छ ।
गीतको शब्द तथा संगीत पनि देवकोटाको नै रहेको छ । नेपालमा ठट्यौली शैलीको रोइला भाका धेरैले रुचाउने गर्छन् । गायक शिरिष रोइला गीतमा लोकप्रिय मानिन्छन् ।
अहिलेका निकै चलेका डाइरेक्टर अनि कोरियोग्राफर काजिस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक गायिकासँगै मोडल अञ्जली अधिकारी र लोमस शर्माले अभिनय गरेका छन् ।
मौलिक शब्दहरूलाई समेटेर बनाइएको नयाँ भाकाको यो गीत दर्शक स्रोताले मन पराउने विश्वास गायिका कँडेलको छ ।