पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, अष्ट्रेलियाले सोमबार राति अन्तरमहादेशीय प्लेअफमा पेरुलाई पेनाल्टी सुटआउटमा ५.४ ले हराउँदै कतारमा हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

अष्ट्रेलियाले लगातार पाँचौं पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो । निर्धारित ९० र थपिएको ३० मिनेट समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोन्डले थप ३० मिनेट समयको अन्तिम समयमा कप्तान तथा गोलकिपर म्याट रायनको स्थानमा बैकप्लिक गोलकिपर एन्ड्रयू रेडमेनलाई मैदान छिराए ।

उनै रेडमेनले अष्ट्रेलियाका लागि नायक बने । रेडमेनले पेरुबाट अन्तिममा पेनाल्टी हान्ने एलेक्स भालेराको प्रहार बचाइदिए ।

नम्बर एक गोलकिपर रायनको स्थानमा मैदान छिरेका रेडमेनले यसअघि अन्तर्राष्ट्रिय दुई खेलमात्र खेलेका छन् । त्यसकारण अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले ठूलो जोखिम मोलेका थिए ।

तर, पेरुका खेलाडीले पेनाल्टी प्रहार गर्दा गोल लाइनमा अस्वभाविक रुपमा नाचेजस्तो गरेका रेडमेनले सही ठाँउमा ‘डाइभ’ गर्दै पेनाल्टी प्रहार बचाइपछि पेरु स्तब्ध बनेको थियो

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्