मुद्दा प्रक्रिया अघि बढाउन स्वास्थ्य राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगियो

सहयात्रा टिभी

दाङ । जेठ ३१, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाउने गरी राज्यमन्त्री खत्रीलाई जिल्ला कार्यलय ल्याइएको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो । राज्यमन्त्री खत्रीले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेकी थिइन् ।

विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् भएको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीले बताएकी छिन् ।

राज्यमन्त्री खत्री एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुगेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कडा कारबाहीको माग गर्दै नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्