सबै विद्यार्थीलाई सहुलियतको विद्युतीय चुलो वितरण गर्न नेविसंघको माग

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, नेपाल विद्यार्थी संघले सबै विद्यार्थीका लागि सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग गरेको छ ।

सरकारले आदिवासी, दलित, जनजाति विद्यार्थीलाई सहुलियत दरको चुलो वितरण गर्ने निर्णय गरेको थियो । अन्य विद्यार्थीलाई पनि उक्त सेवा प्रदान गर्न संघले माग गरेको छ ।

वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका प्रमुखलाई भेटेर मागपत्र बुझाएको संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

आवश्यकताका सिद्धान्त अनुसार सम्पूर्ण विद्यार्थीहरुलाई सहुलियतमा विद्युतीय चुलो वितरण गर्नका संघले माग गरेको छ ।

 

 

प्रकाशित : 14 June, 2022

प्रतिक्रिया दिनुहोस्