अन्तिम खेलमा नेपालको हार

सहयात्रा टिभी

काठमाडौँ । असार १, शिव गुरुङ र निरकुमार राईको डेब्युसहित सात खेलाडी परिवर्तन गरिएको खेलमा नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट प्रतियोगितामा इन्डोनेसियासँग ७.० को लज्जास्पद हार बेहोरेको छ ।

नेपालले कुवेतसँग खेलेको पछिल्लो खेलको टोलीमा सात खेलाडी परिवर्तन गरेको थियो । कप्तान नवयुग श्रेष्ठसँगै गौतम श्रेष्ठ, विकास खवास, सेसेहाङ आङदेम्बे, आयुष घलान, मनीष डाँगी, सुरजज्यू ठकुरीलाई बेन्चमा राखिएको थियो ।

उनीहरूको स्थानमा शिव गुरुङ, सुनील बल, जर्जप्रिन्स कार्की, एरिक विष्ट, निरकुमार राई, राजन गुरुङ र सन्तोष तमाङलाई पहिलो रोजाइमा खेलाइएको थियो । जसमा शिव र निरकुमारले डेब्यु गरे ।

प्रतियोगितामा सुखद अन्त्यको लक्ष्यमा रहेको नेपालले छैटौँ मिनेटमा गोल खाएको थियो । महम्म्द दिमास द्राजदको गोलबाट इन्डोनेसियाले अग्रता बनाएको हो ।

एक गोलले पछि परे पनि सुन्दर फुटबल खेलेको नेपाल ३३औँ मिनेटमा सुमनले दोस्रो पहेँलो कार्डको समना गरेपछि १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि नेपाल सम्हालिन सकेन

प्रकाशित : 15 June, 2022

प्रतिक्रिया दिनुहोस्