एसपिपी सम्झौताको विषय कहाँबाट आएको हो ?

सहयात्रा टिभी

काठमाडौँ । असार १, बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को विषय कहाँबाट आएको भनी प्रश्न गरेका छन् । बैठकमा बोल्दै महामन्त्री थापाले एसपिपी सम्झौताको विषय कहाँबाट, कसको पालामा र वर्तमान सरकारसँग सम्बन्धित छ वा छैन भनेर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

उनले सञ्चारमाध्यममा आएको १०बुँदे सम्झौताको विषयमा सम्बन्धित निकाय नै बेखबर रहेको बताए । उनले नेपाली सेनाको प्रवक्ताले यो विषय सेनाभित्र थाहै नभएको बताएको उल्लेख गरे ।

विकासको साझेदारीमा सबै राष्ट्रसँग सम्झौता हुन सक्ने तर नेपाली सेना संलग्न हुने कुनै पनि समझदारी चाहे त्यो छिमेकी देशसँगको होस् चाहे मित्रराष्ट्र वा चाहे शक्तिराष्ट्र १ नेपाल सभागी हुन नसक्ने, हुन नपाउने र हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : 15 June, 2022

प्रतिक्रिया दिनुहोस्