हंगेरीसँग इंग्ल्यान्डको लज्जास्पद हार

सहयात्रा टिभी

काठमाडौँ । असार २, यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा हंगेरीसँग लज्जास्पद हार बेहोरेको छ ।

इंग्ल्यान्डभन्दा कमजोर मानिएको हंगेरीसँग घरेलु टोलीले ४.० को फराकिलो गोलअन्तरको लज्जास्पद हार बेहोरेको हो ।

वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हारको स्वाद चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे ।

खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले एडाम लाङको पासमा गोल गर्न सफल भएका थिए ।  ७०औं मिनेटमा रोलान्ड सल्लाईले मार्टिन एडामको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि बेल्जियम खेलमा २.० ले अघि बढेको थियो ।

खेलको ८०औं मिनेटमा जिसल्ट नागीले गोल गरेपछि हंगेरी घरेलु टोलीविरुद्ध सहज जिततर्फ अग्रसर बन्यो ।

प्रकाशित : 16 June, 2022

प्रतिक्रिया दिनुहोस्