अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमन हुने सम्भावना

काठमाडौँ । असार २, मङ्गलवार साउथ क्यारोलिना, अलाबामा, अर्कान्सास, नेभाडा, आर्जिया र टेक्ससमा ट्रम्प समर्थक उम्मेदवारहरूले जित हासिल गरेका छन्। योसँगै ट्रम्प पुन राष्ट्रपतिको उम्मेदवार बन्नेछन् ।
अहिलेसम्म २८ राज्यमा भएको प्राइमरीमा ट्रम्प समर्थक रिपब्लिकन पार्टीका नेताहरूले २१ राज्यमा विजय हासिल गरेका छन् ।साउथ क्यारोलिनामा ट्रम्पलाई सबैभन्दा बढी समर्थन प्राप्त भएको छ ।
क्यापिटल हिंसा पछि ट्रम्प विरुद्ध महाभियोगको समर्थन गर्ने पाँच पटक रिपब्लिकन उम्मेदवार टिम राइसले प्राथमिक चुनाव हारेका छन् ।
यस पटक ट्रम्पले राइसलाई समर्थन गरेनन्। ट्रम्पले जोसेफ लोम्बार्डोलाईज्ञ जिताए । उनी गभर्नरका लागि रिपब्लिकन उम्मेदवार हुन्।
अमेरिकामा मुख्य चुनाव हुनुअघि रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूले आफ्नो पार्टीको उम्मेदवारीका लागि आफ्ना मतदाताहरूबाट भोट लिनुपर्ने हुन्छ ।