फुडमाण्डुले उपाय सिटी कार्गोसँग समन्वय गर्दै

सहयात्रा टिभी

काठमाडौँ । असार २, नेपालको पहिलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गो सँग समन्वय गर्ने भएको छ ।

अनलाइन फुड डेलभरीमार्फत हाम्रो ग्राहकहरुको जीवन सजिलो बनाउनका लागि उपायसिटी कार्गोसँग समन्वय गर्ने भएको हो ।

कहिलेकाहीँ हाम्रो राइडरहरुको क्षमता भन्दा बढी अर्डरहरू आउँछन्, तब केही डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयको लागि अर्डरहरू लिन रोक्नुपर्ने अवस्था आउँछ,’ फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने, ‘। यस्तो अवस्थामा अब भने उपाय सिटीका राइडरहरु मार्फत डेलिभरी गर्ने छौँ ।’

यस सहकार्यको सहज कार्यान्वयनको लागि फुडमाण्डुले उपाय सिटीका राइडरहरुलाई खाना डेलिभरी गर्नका लागि विषेश प्रशिक्षण दिने बताइएको छ ।

फुडमाण्डुले यो सहकार्यपछि काठमाडौंका बाहिरी इलाकाहरु र अरु शहरहरुमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीलाई साझेदारीमा लिने सोचमा रहेको कुरा जनाएको छ ।

 

प्रकाशित : 16 June, 2022

प्रतिक्रिया दिनुहोस्