ताप्लेजुङमा पहिरोले घर बगाउँदा सासु बुहारी बेपत्ता

सहयात्रा टिभी

ताप्लेजुङ । असार ३, ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् ।

फाइल तस्वीर

गए राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर स्थानीय तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको र नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्