नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई रोक लगाउनुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ । असार ३, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय समितिमा छलफलका क्रममा नेता नेपालले एसपीपी विवादमा आएको बताए । एसपीपीबारे छलफल गर्नुपर्छ ।
२०७२ कार्तिक १० गते भएको रहेछ । कुन प्रधानमन्त्री र रक्षामन्त्रीको पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ । को जोडिने को नजोडिने यथार्थ हुनुपर्छ, उनले भने, अर्को कुरा नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी छ ।
हामीले खुट्टा कमाउने होइन नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा रोक लगाउनुपर्छ ।
कुनै दबाब वा फकाएको आधारमा, नशामा वन मिठाइमा नफसिकन राष्ट्रिय हितलाई ध्यानमा राखेर जानुपर्ने भन्नेमा नेकपा एस स्पष्ट रहेको उनको भनाइ थियो ।