चिसो मान्छे आजवाट प्रदर्शनमा

सहयात्रा टिभी

काठमाडौँ । असार ३, नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ ।

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो ।

विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा स्वस्तिमा खड्काले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् ।

‘इनिसियल फेज’मा दर्शकलाई हलसम्म तान्न उनको बाजुराली लवज, लुक्स र गेटअपले काम गर्ने देखिन्छ ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्