आज तरकारी तथा फलफूलको मूल्य

सहयात्रा टिभी

काठमाडौँ । असार ३, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार हरियो अंगुरको प्रतिकेजी २२५ रुपैयाँ किनबेच भइरहेको जनाएको छ ।

समितिका अनुसार अदुवा ६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, अनार ३७५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ८० रुपैयाँमा तोकिएको छ ।

यसैगरी कागती प्रतिकेजी १६० रुपैयाँ, किवी प्रतिकेजी ५२५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, टनेल गोलभेंडा ३६ रुपैयाँ, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डो २२ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगूनी ३५ रुपैयाँ र हरियो तरबुजा ४० रुपैयाँ रहेको छ ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्