देउवाको अमेरिका भ्रमणको टुंगो लागेको छैनःपरराष्ट्रमन्त्री खड्का

काठमाडौँ । असार ३, परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्नेबारे टुंगो लागि नसकेको बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे हालसम्म प्रारम्भिक कुराकानी मात्र भएको बताएका हुन् ।
देउवाले गर्न लागेको अमेरिका भ्रमणमा अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी लगायत सैन्य सम्झौता हुने आशंकाबीच मन्त्री खड्काले भ्रमणको टुंगो नलागेको बताएका हुन् ।