संसारकै ठुलो रुसी खानीमा चुहिएको मिथेन

काठमाडौँ । असार ३, रुसको कोइला खानीमा चुहिएको मिथेन संसारकै ठुलो हुन सक्ने अनुमान गरिएको छ।
हालै प्रकाशित ग्लोबल एमिसन मोनिटरिङ स्याटेलाइट जिएचजी स्याटको अध्ययन रिपोर्टले रुसको कोइला खानीमा चुहिएको मिथेन संसारकै ठुलो भएको अनुमान गरेको हो।
केमेरोभो अब्लास्टस्थित रुसको सबैभन्दा ठुलो कोइला खानी रहेको र्यास्प्डकाय खानीबाट सबैभन्दा बढी मिथेन ग्यास चुहावट भएको स्याटेलाइट तथ्यांकले देखाएको छ।
सो खानीबाट हालसम्म देखा परेको भन्दा ५० प्रतिशत बढी मात्रामा मिथेन चुहावट भएको जिएचजीएसले जनाएको छ।
जिएचजीएसको तथ्यांकअनुसार जनवरी महिनामा रुसी कोइलाखानीबाट एक घण्टामा ९० टन मिथेन चुहिएको थियो।
जुन संसारको हालसम्मकै ठुलो मात्रामा चुहावट भएको देखिएको छ। जनवरी महिनामा चुहावटबारे पत्ता लाग्नु अघि करिब ६ महिनासम्म पनि सो मिथेन ग्यास चुहावट भएको प्रारम्भिक अध्ययनले देखाएको समेत जिएचजीएसले उल्लेख गरेको छ।