मर्स्याङ्दी काठमाडौं विद्युत् प्रसारण लाइन सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौँ । असार ३, मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

 

तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत् प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए ।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्