मोदीकी आमा एक सय वर्ष प्रवेश, मोदीले धोए आमाको गोडा

काठमाडौँ । असार ४, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हिराबेन मोदीको १००औँ जन्मदिन मनाएका छन् ।
शनिबार गुजरातको राजधानी गान्धीनगरस्थित घरमा पुगेरका मोदीले आमाको जन्मोत्सव मनाएका हुन् ।
समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीकी आमा हिराबेन शनिबार १०० वर्षमा प्रवेश गरेकी छन् ।
त्यस अवसरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको गोडा धोएर आमाबाट आर्शिवाद लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीले आमाको गोडा धोएको पानी आँखामा लगाएका थिए । त्यसपछि उनले दोसल्ला ओढाएर आमाप्रति सम्मान प्रकट गरेका थिए ।
मोदीका आमा हिराबेन कान्छा छोरा पञ्कज मोदीसँग गान्धीनगरमा बस्दै आएकी छन् ।
मोदी शुक्रबारै गुजरात पुगेका थिए । त्यहाँ उनी थुप्रै कार्यक्रममा सहभागी भएका थिए ।