गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कैलाली । असार ४, प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन् ।
उद्घाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडि बढाउनु पर्ने माग गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ । यो विषय उठाइदिनु भएकोमा धन्यवाद ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरेका छन् ।