पोखरामा हेमजा गोल्डकपको शुरुआत

सहयात्रा टिभी

काठमाडौँ । असार ५, आयोजक हेमजा युनाइटेडले छैटौं हेमजा अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी शुरुआत गरेको छ ।

उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३.१ गोल अन्तरले पाखा लगाउँदै हेमजाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

हेमजाको जितमा म्यान अफ द म्याचसमेत भएका सुमन अर्यालले दुई तथा र कमल थापा मगरले एक गोल गरे । वीरगञ्जका लागि कृप चौधरीले सान्त्वना एक गोल फर्काए ।

विजयी हेमजाले फाइनल प्रवेशका लागि अब खुमलटार एफसी र बागमती एफसी बिचको विजेतासंग आगामी ८ गते खेल्नेछ ।

प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले नगद तीन लाख रुपैयाँ नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्