बर्षाले धानको बिऊमा नोक्सानी

सहयात्रा टिभी

काठमाडौँ । असार ५, असार लागेपछि पर्साको ग्रामीण भेगमा दैनिकजसो परेको पानीका कारण वर्षेबाली धानको बीउ उम्रिन नसक्दा किसानहरु चिन्तामा परेका छन् ।

नेपाल तथा भारतीय बथारबाट महँगो दरमा बीउ खरीद गरी ब्याडमा छरेको भएपनि पानीका कारण बीउ नउम्रिंदा तेस्रोपटकसम्म बीउ छर्नुपरेको किसानहरूले गुनासो गरेका छन् ।

जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिकालगायतका क्षेत्रमा दैनिक एकपटक पानी परेको छ ।

जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवा निवासी जगदीश चौधरीले महँगोमा बीउ खरीद गरी बीउ छरेको तर वर्षाका कारण नउम्रेकाले पुनः बीउ छरेको बताउनुभयो । एक बिघा खेतमा रोपाइँका लागि छरेको बीउ पाँच कट्ठालाई पुग्ने बीउ उम्रेको बताउनुभयो । दोस्रोपटक छरेको बीउ पनि कम हुने शङ्काले फेरि बीउ छरेको चौधरीले बताउनुभयो ।

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्