चीन सरकारद्वारा राजदूत श्रेष्ठको अग्रिमो स्वीकृत

सहयात्रा टिभी

काठमाडौँ । असार ५, चीनका लागि प्रस्तावित नेपाली राजदूत विष्णु पुकार श्रेष्ठको अग्रिमो स्वीकृति भएको छ ।

सरकारले उनलाई चीनको राजदूत बनाउने निर्णय गरेर संसदीय सुनुवाइ समेत सकिइसकेको छ ।

अग्रिमो आइपुगेसँगै उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि बेइजिङ जानेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको अग्रिमो केही दिनअघि स्वीकृत भएर आएको हो ।

सरकारले श्रेष्ठ गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि अग्रिमो आएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । श्रेष्ठ माओवादी केन्द्रको कोटामा चीनको लागि राजदूत सिफारिस भएका थिए ।

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्