बिहे गर्ने उमेर घटाउने मन्त्रीको प्रस्तावमा सांसदहरुको असहमति

सहयात्रा टिभी

काठमाडौँ । असार ५, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउने प्रस्तावमा सांसदहरुले असहमति जनाएका छन् ।

आइतबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा अधिकांश सांसदहरुले यथावत उमेर घटाउन नमिल्ने बताएका हुन् ।

एमाले सांसद् विमला विश्वकर्माले अपराधलाई कानुनी मान्यता दिनेतर्फ सरकार अग्रसर रहेको आरोप लगाइन् । उनले भनिन्, ‘१७/१८ वर्षको उमेरमा बच्चा जन्माउन नसकेर नाबलिकाको मृत्यु भएको छ ।

पहिले २० वर्ष कुन आधार विना बनाइएको थियो रु कानुन मन्त्रीले संसद् वा कुनै समितिमा छलफल नै नगरी एकैचोटी रोस्टममा बसेर उमेर घटाउने विषयमा अध्ययन गराएको छु भन्ने कुरामा आफ्नो आपत्ति भएको उनले बताइन् ।

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्