नेपाली महिला टोली सेमिफाइनलमा

काठमाडौँ । असार ६, बहराइलाई पराजित गर्दै नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको किनरारा ओभलमा सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु बर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।
बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो ।
वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो ।
समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
अब नेपालले अन्तिम खेलमा भोलि (मंगलबार) हङकङसँग खेल्नेछ।