रग्बीमा नेपाली टिमको हार

काठमाडौँ । असार ८, नेपाली रग्बी टोली मंगलबार बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा पराजित भएको छ ।
रग्बी सेभेनको दुई खेलको शृंखला नेपालले २.० ले गुमाएको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २०.० स्कोरले पराजित भयो ।
नेपालले पहिलो र दोस्रो हाफमा १०.१० स्कोर सामना गर्यो । बंगलादेशले खेलमा कुल ४ ट्राइ हान्न सफल भयो ।
प्रत्येक ट्राइ ९विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने० बाट ५ स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १.१ ट्राइ गरेका थिए ।
दोस्रो खेल नेपाल १९.० ले पछि पर्यो । पहिलो खेलको तुलनामा खेलाडीले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७, ओबेडुर रहमानले ५ स्कोर गरे ।
नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो । उनले खेलमा पराजय भोगे पनि आफ्ना खेलाडीले राम्रो मिहिनेत गरेको बताए । काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर गरेकाले सोचे जस्तो परिणाम नआएको उनको तर्क थियो