फिल्म क्षेत्रमा प्रवेश गर्दै धोनी

सहयात्रा टिभी

काठमाडौँ । असार ८, भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी आफ्नो दोस्रो इनिङ्सको तयारीस्वरुप फिल्म क्षेत्रमा प्रवेश गर्दैछन्।

काठमाडौं भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी आफ्नो दोस्रो इनिङ्सको तयारीस्वरुप फिल्म क्षेत्रमा प्रवेश गर्दैछन्।

एमएस धोनीको नामले चर्चित उनले दक्षिण भारतका फिल्म स्टार थालापथी विजयसँग फिल्म निर्माणलाई अगाडि बढाउन लागेका हुन्। उनी कलाकारको रूपमा नभएर निर्माता निर्देशकको भूमिकामा देखिन लागेका हुन्।
सिनेमा

धोनी इन्डियन प्रिमियर लिग आईपीएलको फ्रेन्चाइजी टोली चेन्नई सुपर किंग्सका कप्तानसमेत हुन्।  त्यसैले उनको दक्षिण भारतमा राम्रो पहिचान छ। उनले थालापथीलाई फोन गरेर सँगै काम गर्ने इच्छा प्रकट गरेका हुन्। जसलाई थालापथीले स्वीकार गरिसकेको विभिन्न भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

प्रकाशित : 22 June, 2022

प्रतिक्रिया दिनुहोस्