एनआरटीले पेनाङ एफसी र कारोसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ । असार ९, नेपालको न्यूरोड टिम एनआरटीले मलेसियाको पेनाङमा आयोजनामा हुने टुवान याङ टेरूतमा टीवाईटी कप फुटबल प्रतियोगितामा मलेसिया र इन्डोनेसियाको टिमसँग खेल्ने भएको छ ।
एनआरटीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै टीवाईटी कपमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।
प्रतियोगिता अन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसीसँग खेल्ने छ। यस्तै, २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्ने छ।
प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो। प्रतियोगिता २८ जुनदेखि २ जुलाईसम्म हुनेछ।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ। उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ।