प्रदेश १ का पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु
सहयात्रा टिभी
विराटनगर । असार १०, नेकपा (एमाले) झापाका अध्यक्ष एवं प्रदेश–१ का पूर्व आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीको झापा गौरादहस्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
कुकरमा तार बेरेर आँगन अगाडि राखेको अवस्थामा फेला परेको वस्तु कुकर बम हुनसक्ने अनुमान गरिएको छ ।
कार्कीले विस्फोटक बस्तु हुनसक्ने भएकोले निस्क्रिय बनाउन नेपाली सेनाको विशेष टोलीलाई खबर गरिएको बताएका छन् ।
कसले के कारणले यो काम गर्यो भन्ने खुल्न नसकेको र यस विषयमा अनुसन्धान हुनुपर्ने कार्कीले बताए ।