इन्धनको मूल्य २६ रुपैयाँ घटाउन नेता कोइरालाको माग
काठमाडौँ । असार १०, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अचाक्ली महंगीको चपेटाबाट जनतालाई बचाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा घटाउन माग गरेका छन् ।
जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको विभिन्न शीर्षकको करमा छुट दिनु पर्ने नेता कोइरालाले आग्रह गरेका हुन् ।
शुक्रबार बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भंसार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म नलिने निर्णय गरोस् ।’
जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस।
— Dr Shekhar Koirala (@Shekharnc) June 24, 2022