पोखरामा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण

काठमाडौँ । असार १०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ।
प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको हो।
प्रतिष्ठानले दिएको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकाकी ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको हो। उनलाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका थिए। प्रत्यारोपणपछि दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ।
अस्पतालमा करिब ४ घन्टा लामो शल्यक्रिया गरेर प्रत्यारोपण गरिएको हो। पोखरामा भएको यो नै पहिलो मिर्गौला प्रत्यारोपण हो।