बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

सहयात्रा टिभी

काठमाडौँ । असार १२, बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ ।

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्