सार्वजनिक यातायातको भाडा घट्यो, (सूचीसहित)

काठमाडौँ । असार १२, सरकारले इन्धनको मूल्य घटाएसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा पनि घटाइएको छ ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।
शनिबार रातिदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको विभागले जनाएको छ ।