रामकुमारी झाँक्रीले पनि सरकार छाड्दै

सहयात्रा टिभी

काठमाडौँ । असार १२, शहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्रीले पनि राजीनामा दिने भएकी छन् ।  झाँक्रीले केही बेरमा पत्रकार सम्मेलनमार्फत सरकार छाडेको बारे जानकारी गराउने बताइएको छ ।

शहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्रीले पनि राजीनामा दिने भएकी छन् । झाँक्रीले केही बेरमा पत्रकार सम्मेलनमार्फत सरकार छाडेको बारे जानकारी गराउने बताइएको छ ।

उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै छिन् । उनले विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिएलगत्तै सरकार छाड्न लागेकी हुन् ।

त्यस्तै, पर्यटनमन्त्री प्रेम आलेले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पोलिटब्युरो बैठकमा गरेको प्रतिवद्धताअनुसार आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । उनले शुक्रबारको पोलिटब्युरो बैठकमा २४ घण्टामा राजीनामा दिने पार्टी अध्यक्ष नेपाललाई प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्