अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना आप्रवासी मृत फेला

काठमाडौँ । असार १४, अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोको बाहिरी क्षेत्रमा बाहिरी क्षेत्रमा एक लरीमा ४२ जना आप्रवासी मृत भेटिएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार १६ जनालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा शेयर भएका तस्वीरहरूमा एउटा लरीको आसपास ठूलो संख्यामा उद्धारकर्मी परिचालन भएको देखिन्छ ।
गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। प्रहरीले उक्त लरीका चालकको खोजी गरिरहेको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ । चालक भने फरार छन् । सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाबाट करिब २५० किलोमिटर दूरीमा पर्दछ ।
लरीमा सवार व्यक्तिहरुको मृत्यु के कारण भएको भन्नेबारे यकिन हुन नसकेको अधिकारीहरुले बताएका छन् ।