राडुकानु विम्बल्डनको दोस्रो चरणमा

काठमाडौँ । असार १४, बेलायतकी युवा टेनिस खेलाडी इमा राडुकानु सोमबार राति बेल्जियमकी एलिसन भान उटभान्कलाई २.० को सोझो सेटमा हराउँदै विम्बल्डनको दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छिन् ।
बेलायतकी नम्बर एक १९ वर्षिया राडुकानुको प्रतियोगिता अघि ‘साइड स्ट्रेन’मा समस्या देखिएको थियो ।
जसका कारण उनले विम्बल्डनका लागि ‘वार्मअप’ मानिएको प्रतियोगिता नटिङ्घम ओपन बीचमै छाडेकी थिइन् । पहिले खेलको पहिलो सेटमा स्वीट्जरल्यान्डकी भिक्टोरिजा गोलुबिकविरुद्ध ४.३ ले पछि परेको स्थितमा राडुकानु घाइते भएकी थिइन् ।