दिनको २ मिनेट समय दिए घरमा सजिलै फल्छ गोलभेडा

सहयात्रा टिभी

प्राय हरेक भान्सामा गोलभेडा पाइन्छ । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, हामी गोलभेडाको प्रयोग गर्छौं । अधिकांशले गोलभेडा किनेर ल्याउँछन् । तर यसलाई सहजै घरमै रोप्न समेत सकिन्छ । यसकालागी ठुलो ठाउँ पनि चाँहिदैन ।

यसरी रोप्नुहोस् गोलभेडा :
ओसिलो ठाउँमा गोलभेडा राम्ररी फस्टाउँदैन त्यसैले गोलभेडा रोप्न घाम पर्याप्त लाग्ने स्थान रोज्नु पर्दछ । यसका लागी ठूलो गमलामा अटे जती माटो हालेर जति जति बोट बढ्दै जान्छ, मल र माटो पनि थप्दै जानु पर्दछ । आफूले ल्याएको गोलभेडाको बिउ गमलामा राखेर माथिबाट हल्का माटोले छोपिदिने र बिउ नअंकुराउञ्जेल त्यसमा थोरैथोरै पानी राख्दै जाने ।

उम्रेको बिरुवा एक इन्च जति लामो भएपछि त्यसलाई गमलाबाट अर्को गमलामा सार्नुपर्छ । र सकेसम्म एउटा गमलामा एउटै मात्र बिरुवा रोप्नुपर्छ । गोलभेडा रोपेपछि त्यसको माटोलाई सुख्खा हुन दिनुहुँदैन । थोरैथोरै पानी सिञ्चित गरिरहनुपर्छ । तर धेरै गिलो हुनुहुँदैन । बिरुवा बढ्दै गएपछि त्यसलाई स–साना लट्ठीले थाँक्रा लगाएर वा डोरीले बाधेर फल लाग्दा बोट नभाँचिने गरी मिलाउनु पर्दछ ।

गोलभेडाका सुख्खा पात वा कुहिएको पात, डाँठलाई निकाल्नु पर्छ । यसरी स्याहारसुसार गरेमा घरमै राम्ररी गोलभेडा उत्पादन हुन्छ । एउटा गमलाका लागि दैनिक २ मिनेटको समय पनि पर्याप्त हुन्छ । यसरी उत्पादन गरेको गोलभेडा स्वस्थ्यकर पनि हुन्छ ।

प्रकाशित : 28 June, 2022

प्रतिक्रिया दिनुहोस्